२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताका पक्षमा द्रुत गतिमा काम गर्ने मुख्यमन्त्री भट्टको प्रतिबद्धता

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताका पक्षमा द्रुत गतिमा काम गर्ने बताएका छन्।

आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले विश्वासको मत आउनुले नै सरकारले राम्रो काम गरेको स्पष्ट भएको बताउँदै जनअपेक्षा पूरा गर्ने जनाएका हुन् । उनले भने,‘लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्न विश्वासको मत प्राप्त भएको ठानेको छु ।’ उनले आगामी दिनमा सबैलाई सँगै लिएर प्रदेशको विकास र समृद्धिका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री भट्टका पक्षमा माओवादी केन्द्रका १३ र नेकपा (एमाले) बाट निस्काशित नेता माधवकुमार नेपाल समूहका १७ गरी ३० सदस्यले मत दिएका थिए। प्रदेशमा १२ सदस्य रहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैठकमा उपस्थित भएरपनि तटस्थामा रहेको थियो भने एमालेको संस्थापन पक्षका सात र जनता समाजवादी पार्टीका दुई सदस्यले विपक्षमा मतदान गरेका थिए ।

एमालेका प्रदेशसभा सदस्य लीलाधार भट्टले नियमावलीबमोजिम मुख्यमन्त्रीले सचिवालयमा प्रस्ताव प्रस्ताव दर्ता गराएको ४८ घण्टा नपुग्दै छलफल शुरु गरिएको भन्दै नियमापत्ति गर्नुभएको थियोे । एमालेको स्थायी समितिको यही जेठ १० गतेको बैठकले सुुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णय विपरीत एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकको बहुमतले हाललाई समर्थन कायम राख्ने निर्णय गरेको थियो ।