८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशसभामा विनियोजन विधेयक पेश

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशसभामा विनियोजन विधेयकको प्रस्ताव पेश गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रमका लागि विनियोजन विधेयक आज सभामा पेश गरेका हुन् ।

सभामुख राजबहादुर शाहीले प्रदेशसभा नियामावली, २०७४ को परिच्छेद (१७) को विनियोजन तथा अर्थ विधेयक सम्बन्धी कार्यविधि बमोजिम विनियोजन विधेयक, २०७८ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभामा समक्ष प्रस्तुत गरी सो माथि छलफल गरियोस भनि प्रस्ताव पेश गर्न योजनामन्त्री शर्मालाई समय दिएका थिए ।

विनियोजन विधेयकको प्रस्ताव सभामा पेश गर्दै उनले रोजगारी सृजना गर्ने र गरिबी तथा भोकमरी अन्त्य गर्ने गरी सरकारले बजेट निर्माण गरेको बताए । कोभिड रोकथाम तथा नियन्त्रण, लगानी सम्मेलन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बजेट तथा कार्यक्रमका उद्देश्यहरु रहेको उनको भनाइ थियो ।

बजेट, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारको बीचको आपसी समन्वय गर्ने, संघीय सरकारको समन्वयमा कोभिड विरुद्धका उपकरण बढाउने, आधारभूत पूर्वाधार विकास, उपकरण तथा जनशक्ति व्यवस्था गर्ने, युवा रोजगारका लागि रोजगारीमूलक परियोजनामा विशेष जोड दिने गरी सरकारले योजना बनाएको उनले बताए ।

त्यसैगरीसमाजमा भएका सबै प्रकारका विभेद अन्त्य गर्ने, आयमूलक कार्यक्रम सञ्चालन गर्ने, राउटे, सडक मानव, अल्पसंख्यक, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको हकहित संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले ल्याएको बताउँदै उनले नीजि क्षेत्रलाई आकर्षित गर्न लगानी सम्मेलन गरी लगानीमैत्री वातारण तयार गरिने जनाए ।

त्यस्तै सरकारले अन्न उत्पादनमा जोड दिँदै खाद्य सुरक्षाका लागि नेपाल सरकारसँगको आपसी समन्वय गरी भण्डारणमा जोड दिने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनालाई अघि बढाइने जनाएको छ । आज पेश गरिएको विनियोजन विधेयकमाथि शुक्रबारदेखि छलफल हुने छ । अर्को बैठक भोली २८ गते दिउँसो २ः०० बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस