२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खरीद कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड,२०७८ स्वीकृत’

अ+ अ-

काठमाडौँ । सार्वजनिक खरीद अनुगमन कार्यलयले सार्वजनिक निकायमा खरीदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड आज स्वीकृत गरेको छ । सार्वजनिक खरीदसम्बन्धी कार्यलाई पारदर्शी, वस्तुनिष्ठ एवं विश्वसनीय बनाउन सार्वजनिक निकायमा खरीद महाशाखा वा एकाइ गठन विधि र सदस्य सङ्ख्या निर्धारणलगायत प्रावधानसहितको योग्यता निर्धारण र मापदण्ड स्वीकृत गरिएको प्रवक्ता विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

स्वीकृत मापदण्डमा खरीद एकाइ प्रमुख तथा सदस्यको योग्यता निर्धारण तथा बोलपत्र मूल्याङ्कन समिति र खरीद सम्झौता व्यवस्थापन /कार्यान्वयनमा काम गर्ने कर्मचारीको योग्यता निर्धारण गरिएको छ । खरीदमा संलग्न कर्मचारीलाई तालीम र क्षमता विकास कार्यक्रम, आन्तरिक नियन्त्रण प्रणाली र खरीदमा संलग्न कर्मचारीको स्वार्थ बाझिन नहुनेलगायत विषयमा निश्चित आधार, योग्यता र मापदण्ड समावेश गरी त्यसमा संलग्न कर्मचारीको योग्यता निर्धारण मापदण्ड सचिवस्तरीय निर्णयबाट स्वीकृत गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।
सार्वजनिक खरीद ऐन २०६३ मा सार्वजनिक निकायले खरीदसम्बन्धी कार्य गर्दा सार्वजनिक खरीद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता भएको र खरीद कार्यसम्बन्धी ज्ञान भएको वा तालीमप्राप्त गरेको कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ ।

कार्य प्रकृतिका आधारमा प्रशासनिक, प्राविधिक र लेखासम्बन्धी काम गर्ने कर्मचारीमध्येबाट खरीदसम्बन्धी ज्ञान भएका वा तालीम लिएका कर्मचारीलाई समावेश गरी खरीद एकाइ गठन गरिनुपर्ने छ । मूल्याङ्कन समितिका निर्धारित पदाधिकारीबाहेकका कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई खरीद एकाइ प्रमुखको जिम्मेवारी तोक्नुपर्ने छ ।

खरीद सम्झौता व्यवस्थापनमा काम गर्ने कर्मचारी खरीदको प्रकृतिसँग मेलखाने विषयमा प्राविधिक ज्ञान वा अनुभव भएको हुनुपर्ने मापदण्ड र योग्यतामा उल्लेख छ ।