२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्द्रावती गाउँपालिकाद्वारा जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा

अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि बुधबारदेखि यो बडापत्र सञ्चालनमा ल्याइएको हो ।

सो डिजिटल बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् । आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ । सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज दङ्गालले बताए । सो डिजिटल बडापत्रमा गाउँपालिकाको सम्पूर्ण जानकारीसमेत हेर्न सकिन्छ । गाँउपालिकाको कुनै शाखाले दिने सेवासम्बन्धी जानकारी लिनसमेत सोही बडापत्रको प्रयोग गर्न सकिनेछ ।

‘कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी यो डिजिटल बडापत्र तयार गरिएको छ’, सूचना प्रविधि अधिकृत दङ्गालले भने, ‘गाँउपालिकाबाट प्रदान हुने हरेक सेवाका बारेमा विस्तृतमा जानकारी राखिएको छ ।’ यो डिजिटल बडापत्र अपाङ्गमैत्रीसमेत छ । यो बडापत्रको डिजिटल बोर्डमा आफूले चाहेको सेवामा थिचेपछि अडियो र भिडियो सन्देशमार्फत जानकारी प्राप्त हुन्छ । हेरेर र सुनेर जानकारी लिन सकिने हुनाले दृष्टि तथा श्रवणमा समस्या भएका सेवाग्राहीले समेत यसको प्रयोग गर्न सक्दछन् । अधिकृत दङ्गालका अनुसार यो सेवा सिन्धुपाल्चोक जिल्लामै पहिलो हो ।

गाउँपालिकामा आउने सेवाग्राहीले सेवा लिन आउँदा प्रक्रिया बुझ्नै लामो समय लाग्न थालेपछि यस्तो सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताए । यो सेवासँगै छिट्टै टोकन सेवा पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । ‘हामी सकेसम्म सेवाग्राहीलाई बिनाझण्झट सजिलै र छिट्टै सेवा कसरी दिन सकिन्छ भनेर सोेचिरहेका छौँ ।’ गाउँपालिका अध्यक्ष तामाङले भने, ‘त्यसकै लागि हामीले स्मार्ट हेल्प डेस्क नाम दिएर यो सेवा सञ्चालन गरेका हौँ’, सेवाग्राहीले सजिलै बुझ्ने गरी सबै जानकारी पाउन सकिने गरी स्मार्ट सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष तामाङले बताए ।

सो डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीको विवरणका साथै विभिन्न विषयगत शाखाबाट प्रदान हुने सबै सेवाको जानकारीसमेत समेटिएको छ । बडापत्र गाउँपालिकाको सूचनापाटीका रूपमा प्रयोग हुनेछ ।