२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा फेरि बढ्दै सक्रिय संक्रमतिको संख्या

अ+ अ-

चितवन । चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय संक्रमितको संख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांकानुसार पछिल्ला केही दिनमा संक्रमितको संख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय संक्रमितको संख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय संक्रमितको संख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते चार हजार ७१३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको संक्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते एक हजार ५४८ रहेको सक्रिय संक्रमितको संख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो संख्या एक हजार २७१ पुगेको छ ।

सक्रिय संक्रमितको प्रतिशत पनि बढ्दै गएको छ । असार ५ गते यस वर्षकै कम २.१ प्रतिशत संक्रमित भएकामा असार १५ गते १७.९६ प्रतिशत, १८ गते २३.२४ प्रतिशत, १९ गते २७.२४ प्रतिशत, २० गते २७.२४ प्रतिशत, २१ गते १९.६९ प्रतिशत र २२ गते १८.४३ प्रतिशत रहेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका फिजिसियन डा. भोजराज अधिकारी गम्भीर प्रकृतिका संक्रमित नभएर मध्यम र सामान्य प्रकृतिका संक्रमत बढेको बताउँछन् । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको आशंका हुँदा पनि घरमा बसेकाहरु परीक्षण गर्न आएर पनि संख्या बढेको हुन सक्ने उनको अनुमान छ । कोरोनाको मिल्दोजुल्दो लक्षण देखिँदासाथ परीक्षण गर्न उनले सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापी रूपमा भन्दा जिल्लामा केही कमी भए पनि संक्रमण बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले भने, “हामी सबै सजग भएनौँ भने संक्रमण झन् बढ्न सक्छ । सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍यो ।” निषेधाज्ञा खुकुलो भए पनि संक्रमण छ भन्ने सोचेर आफ्ना दैनिक क्रियाकलाप गर्न उनले सुझाव दिए ।

जिल्लाका अस्पतालमा २१९ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ६६ सघन उपचारकक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयूमा र ११० जना सामान्य शय्यामा उपचाररत छन् । जिल्लामा हालसम्म २८७ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या १६ हजार ८६३ पुगेको छ । रासस