२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यास नगरपालिकाको एक अर्ब ७७ करोडको बजेट पारित

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले कूल बजेटमध्ये चालुतर्फ ५७.८३ र पुँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिए । नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर बजेट पारित गरिएको जानकारी दिए । नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणका लागि रु एक करोड, समता विद्यालय सञ्चालनका लागि रु एक करोड, कोभिड–१९ नियन्त्रणका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको न्यौपानेले बताए ।

उनका अनुसार नारेश्वरताल, मानुङकोट पूर्वाधार विकास, मादी ताल परियोजना, १०८ फिटको व्यासमूर्ति निर्माणका लागि बजेट विनियोजन गरिएको छ । नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, पुरातात्विक, ऐतिहासिक स्थलको संरक्षण गर्न बनेको विधेयक, कर्मचारी समायोजन ऐन पारित गरेको सो अवसरमा जानकारी दिइयो ।

नगरपालिकाका अनुसार कूल बजेटमध्ये आर्थिक विकास तर्फ रु दश करोड ११ लाख ९६ हजार, सामाजिक विकासतर्फ रु ९३ करोड १७ लाख ७५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु चार करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु दुई करोड ५४ लाख ६६ हजार विनियोजन गरिएको छ ।

कूल विनियोजित बजेटमध्ये चालुतर्फ रु एक अर्ब दुई करोड ८७ लाख १२ हजार र पुँजीगततर्फ रु ७५ करोड दुई लाख विनियोजन गरिएको छ । उक्त बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदान बापत ५६ करोड १७ लाख, सङ्घ सरकारको सामाजिक सुरक्षा अनुदानबापत रु २१ करोड, आन्तरिक स्रोतको आयबाट रु २० करोड ५० लाख, सङ्घ सरकारको वित्तीय समानिकरण अनुदान रु १९ करोड ७६ लाख, सञ्चित कोष अल्याबाट रु १५ करोड ३७ लाख १२ हजार, सङ्घ सरकारको राजश्व बाँडफाँडबाट रु १२ करोड ९८ लाख ५१ हजार, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु १० करोड आम्दानी हुने अनुमान छ ।

त्यस्तै नगर विकास कोष ऋणबाट रु दश करोड, प्रदेश वित्तीय समानीकरण अनुदानबाट रु दुई करोड ४४ लाख ७८, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट रु एक करोड ७४ लाख ७५ हजार, गाउँ नगर साझेदारी कोषबाट रु एक करोड ६५ लाख, सङ्घ विशेष अनुदानबाट रु एक करोड ३७ लाख, प्रदेशको विशेष अनुदानबाट रु एक करोड, प्रदेशको सशर्त अनुदानबाट रु एक करोड आम्दानी हुने अनुमान छ ।

कर्मचारी बढुवा र प्रोत्साहन

नगरपालिकाले स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास गरेको छ । पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई योग्यता र क्षमताका आधारमा बढुवा गर्न उक्त ऐन बनाइएको नगरप्रमुख न्यौपानेले जानकारी दिए । साथै अवकाशप्राप्त कर्मचारीलाई उपदान दिने व्यवस्था समेत उक्त ऐनमा समावेश गरिएको छ । करारमा कार्यरत कर्मचारीका लागि पनि उपदान दिने व्यवस्था ऐनमा समावेश गरिएको छ ।

व्यास पत्रकारिता पुरस्कार आचार्यलाई

व्यास नगरपालिकाले व्यास पत्रकारिता पुरस्कारबाट ओमकार आचार्यलाई पुरस्कृत गरेको छ । समाचारको माध्यमबाट नगरपालिकाको विकासमा टेवा पु¥याए बापत नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका निवर्तमान अध्यक्ष आचार्यलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो । मादीसेती प्रवाह दैनिकका सम्पादक समेत रहेका आचार्यलाई ३५ औं नगरसभाको अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त पुरस्कार प्रदान गरे । उक्त पुरस्कारको राशी नगद रु १० हजार र प्रशंसापत्र रहेको छ ।