२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरआरएनद्वारा आइसोलेशनलाई विभिन्न सामग्री सहयोग

अ+ अ-

किमाथाङ्का । नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) द्वारा सङ्खुवासभाका आइसोलेशनलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।

शनिबार तुम्लिङ्टारमा एक कार्यक्रमबीच पूर्वराजदूत डा अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसिएमसी) समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई विभिन्न सामग्री हस्तान्तरण गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा कार्कीको विशेष पहलमा युएनडिपी कार्यक्रमअन्तर्गत नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)ले उक्त सामग्री उपलब्ध गराएको हो ।विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहेको समयमा सङ्खुवासभामा कोरोना नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्खुवासभा जिल्ला अस्पतालद्वारा सञ्चालित मानेभञ्जाङ, तुम्लिङ्टार आइसोलेशन र चैनपुर आइसोलेशनका लागि ती सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त संस्थाले चैनपुर र मकालु गाउँपालिकाका लागि एक÷एक थान जेनेरेटर हस्तान्तरण गरेको थियो । त्यसैगरी अन्य सामग्री पल्स अक्सोमिटर १०० थान, पिपिइ १०० थान, एन–९५ मास्क एक हजार थान, ब्ल्याङ्केट १५० थानलगायत १० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । ती सामग्री जिल्ला अस्पताल र डिसीसिएमसी समितिले जिल्लामा सञ्चालित आइसोलेशन र होमआइसोलेशनमा बसिरहेकालाई लक्षित वितरण गर्न समेत संस्थाले अनुरोध गरेको छ ।

पूर्वराजदुत कार्कीको पहलमा सङ्खुवासभामा विभिन्न प्रकारका सहयोग प्राप्त भएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिए । जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङ्टारमा जन्मिएका पूर्वराजदूत कार्की विभिन्न सामाजिक काममा समेत संलग्न रहँदै आएका छन् ।