२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपी प्रतिष्ठानको जाँचबुचका लागि सचिव डा. अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन

अ+ अ-

काठमाडौँ । सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानमा भईरहेको आन्दोलनबारे जाँचबुचका लागि नेपाल सरकारका वरिष्ठ सचिवको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

बिहीबार सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका वरिष्ठ सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गर्दै १५ दिन भित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्न भनेको हो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्ताका लागि आजै मात्र आह्वान समेत गरेका छन्।

आन्दोलरत पक्षले राखेको १२ बुँदे मागहरु सम्बोधन गर्ने भन्दै वार्ताका लागि आह्वान गरेको गिरीले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति, सहकुलपति, प्रतिष्ठान सञ्चालक परिषद्का समस्याहरु, प्रतिष्ठानका प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावक, राजनैतिक, प्राज्ञिक नेतृत्व, नागरिक समाज सबैलाई सम्बोधन गर्दै छलफलका लागि आउन पनि आग्रह गरेका छन्। संयुक्त संघर्ष समितिले राखेका मागहरु आफ्नो कार्ययोजनाका क्षेत्रमा रहेका भन्दै प्रतिष्ठानको शुद्धीकरणको अभियान आफ्नो पनि भएको उनको भनाई छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिना दिनदेखि आन्दोलन चलिरहेको छ। अनियमितता र राजनीतिकरणको विरोधमा विभिन्न माग राख्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले आन्दोलन गरिरहेको हो। आन्दोलनकै क्रममा गत असार १५ गते उपकुलपति प्रा.डा. गिरी मदिरा पिएर कार्यालय पुगेपछि प्रतिष्ठानका कर्मचारी थप आन्दोलित भएका थिए ।