८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पम्फा भुसाल र भारतीय राजदूत विनय मोहन क्वात्राको शिष्टाचार भेटवार्ता

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जामन्त्रीको सचिवालयमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले परापूर्वकालदेखि दुई देशबीचका जनताबीच रहीआएको आपसी सम्बन्धलाई अझ सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिए । उनले नेपालको विकासमा भारत सरकारले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य हुने विश्वास व्यक्त गरे ।

मन्त्री भुसालले नेपाललाई विद्युत् आवश्यक परेका समयमा आयात गर्न सक्ने र बढी भएका समयमा निर्यात गर्न सक्ने अवस्था शुरु भएको भन्दै आगामी दिनमा ऊर्जा र सिंचाइका क्षेत्रमा सहज सहकार्य हुने विश्वास व्यक्त गरिन्

उनले भारतसँग सामाजिक र संस्कृतिक क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा ती क्षेत्रमा पनि सहकार्य हुने बताइन् ।

सो अवसरमा राजदूत क्वात्रले मन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै क्षेत्रमा सहकार्य हुने बताइन् । उनले ऊर्जा विकासका क्षेत्रमा आफूहरु हमेशा सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गरिन् । उनले ऊर्जा र सिँचाइमात्र नभई शिक्षा, स्वास्थ्यका क्षेत्रमा निरन्तर सहकार्य गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस