२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाएर १५ साउनसम्म लम्बियो, परीक्षा सञ्चालन गर्न पाइने

अ+ अ-

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले कोभिड संकट कायमै रहेको भन्दै निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘पछिलो समय जिल्लामा कोरोना संक्रमितको दर स्थिर छ, अझैपनि जोखिम कायमै छ, पहिलेको भन्दा केही खुकुलो बनाएर साउन १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ,’ प्रजिअ रिजालले भने ।

प्रजिअ रिजालका अनुसार कोभिड–१९ सम्वन्धी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जिल्लामा सबै तहका परिक्षा सञ्चालन गर्न सकिने छ ।

तर, जनस्वास्थ्यविज्ञहरुले भने कोरोना महामारीको जोखिम कायमै रहेकाले भीडभाड नगर्न भनिरहेका छन् । यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्दा कोरोनाको जोखिम झनै बढ्न सक्ने देखिन्छ ।

यसअघि शनिबार बाहेक हरेक दिन बिहान ६ बजेदेखि २ बजेसम्म खुल्दै आएका पसलहरु अब ६ देखि साँझ ६ बजेसम्म खुल्ने छन् । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरु पनि खोल्न पाइनेछ ।

सुर्खेतमा वैशाख १५ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो।