२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिखर पूजन जात्राको अवसरमा दार्चुलाका दुई स्थानीय तहले दिए सार्वजनिक बिदा

अ+ अ-

दार्चुला । दार्चुलाका दुई स्थानीय तहले शिखर पूजन जात्राका अवसरमा सार्वजनिक बिदा दिएका छन् । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा मालिकार्जुन र शैल्यशिखर नगरपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।

जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पूजन जात्रा लाग्ने गर्दछ । हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ । शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी बताउछन् ।

शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको यहाँका स्थानीयवासी बताउँछन् । मालिकार्जुन–३ मडस्थित भण्डारी घरदेखि आज शुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ । यस वर्षको शिखर धामको दर्शन गर्न श्रद्धालु मालिकार्जुन पुगेर शिखर लागेका छन् ।

शिखर धामको दर्शन गर्न बिहीबारदेखि नै अधिकांश जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु मालिकार्जुन गएका छन् । बर्सेनि हजारौँ श्रद्धालु भक्तजनले पूजन जात्रामा शिखर धामको दर्शन गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् । यो जात्रा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा मनाइन्छ । मालिकार्जुनबाट शुरु हुने जात्रा बिहानै शिखर धुरा पुगेर पूजापाठ गर्ने चलन छ । पूजापाठपछि उनीहरु पुनः मालिकार्जुन मन्दिरमा पुगेर जात्रा विर्सजन गर्ने गर्छन् ।

यस्तै शिखर जात्राको अवसरमा लटिनाथ उमावि चौपाताले निःशुल्क गाडीको व्यवस्थापन गर्ने भएको छ । लटिनाथ मावि चौपाकाका प्राचार्य केशव विष्टले शैल्यशिखरको ग्वानीदेखि मालिकार्जुन क्षेत्रका विभिन्न ठाउँमा विद्यालयको स्कारपिओमार्फत भक्तजनलाई निःशुल्क गाडीको व्यवस्था गरिएको जनाएको छ ।