२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमफेदीका ३५५ कैदीमा कोरोना पोजेटिभ

अ+ अ-

वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।

कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक (क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएका कैदीलाई कारागारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाइ अलग राखिएको बताइएको छ । साथै कोरोना नभएका कैदीलाई तल्लो तलामा व्यवस्थापन गरिएको पाण्डेले बताए ।

कारागारमा रहेका अधिकांश कैदीलाई कोरोना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजेटिभ देखिएका छ ।

भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजेटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधवार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजेटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताए ।