२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डका अध्यक्षलाई निलम्बन गर्न कर्मचारी युनियनको माग

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गर्न बोर्डको कर्मचारी युनियनले माग गरेको छ ।

आइतबार बोर्डको कर्मचारी सङ्गठनले विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुङ्गानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गर्न माग गरेको हो ।

‘बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरूलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानुनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न युनियन जोडदार माग गर्दछ ।’ युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालमै पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुङ्गानाकी छोरी रेबिका ढुङ्गानाको नाममा भेटिएको थियो। बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरीत छोरीको नाममा सेयर किनेको भनेर चौतर्फी विरोध भइरहेको छ ।

केही दिन अघि अर्थमन्त्रालयले पनि बोर्डलाई पत्राचार गरी उक्त विषयमा तीन दिन भित्र स्पष्टीकरण दिन भनेको थियो । मन्त्रालयले व्यक्तिको नाममा नभई बोर्डको नाममा पत्र पठाएको थियो । उक्त पत्रप्रति पनि युनियनले आपत्ति जनाएको छ । युनियनले व्यक्तिगत गल्तीलाई संस्थाको गल्तीको रूपमा देखाउनु गलत ठहर गरेको थियो ।

सम्बन्धित समाचार : अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई सोध्यो स्पष्टीकरण