१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला घटनाबारे छानबिन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन

अ+ अ-

काठमाडौँ । दार्चुला घटनाबारे छानबिन गर्न सहसचिवको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। १० दिन भित्र सत्य तथ्य रिपोर्ट पेस गर्न समितिलाई म्यान्डेट रहेको गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलले प्रशासनलाई जानकारी दिए ।

छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक(डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेका छन् ।

साउन १५ गते शुक्रवार दार्चुला जिल्लाको व्यास गाउँपालिका– २, मालघाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा ३३ वर्षीय जयसिंह धामीलाई महाकाली नदी पार गर्ने क्रममा एसएसबीले तुइनको डोरी काट्दा डुबेर बेपत्ता भएका थिए।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतीय प्रहरीले तुइनको डोरी काटिदिएको घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

यसैबिच नेपाली काँग्रेसले दार्चुलाको गम्भीर घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन माग गरेको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिनरदिलाउन माग गरेका थिए ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन् । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।

घटनालाई भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुला प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटना थप जटिल बनेको छ ।

प्रतिक्रिया दिनुहोस