२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प पछिको पुन: निमार्णको काम अन्तिम चरणमा

अ+ अ-

सिन्धुपाल्चोक । विसं २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पुर्‍याएको जिल्लामा भूकम्पपछिको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ ।

गुनासो सम्बोधनसमेत गरेर कूल ९१ हजार सात लाभग्राहीमध्ये ८९ हजार ३५३ ले सम्झौता गरेर पहिलो किस्ता लिएको पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का निमित्त आयोजना प्रमुख सन्तोष निरौलाले जानकारी दिए।

सम्झौता गरेकामध्ये घर निर्माण सुरु गरेर ८५ हजार ९०८ अर्थात् करिब ९८ प्रतिशतले दोस्रो किस्ता लिएर डिबिसी गरिसकेको र ९४ प्रतिशतले तेस्रो किस्ता लिएका उनले बताए । अब छ प्रतिशतले तेस्रो किस्ता लिन बाँकी रहेको प्राधिकरणले जनाएको छ । मापदण्ड भन्दा बाहिर गएर घर बनाएका लाभग्राहीले इन्जिनियरले भने बमोजिम घर बनाउने कबुलियतनामा गरेमा अनुदान दिइने निरौलाले जानकारी दिए।

त्यस्तै पहिलो एकीकृत बस्ती सुरु गरेको जिल्लामा २१ एकीकृत बस्तीमध्ये चारको मात्र केही काम बाँकी छ । सबै बस्तीमा सामुदायिक भवन, सडक, बिजुली, खानेपानी लगायत काममा सहयोग गरिएको उनको भनाइ छ ।

जिल्लाका सरकारी भवन १७ वटा नै निर्माण सम्पन्न भइसकेका छन् । वैशाखमा जिल्ला हुलाक कार्यालय हस्तान्तरण गरिएसँगै सरकारी भवन निर्माण सम्पन्न भएको उनले बताए। पैँतीस स्वास्थ्य संस्थामध्ये केही निर्माण सम्पन्न भएका र अधिकांश निर्माणाधीन रहेका छन् । बरुवा, साने सिरुवारीको स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँसबारी अन्तिम चरणमा छ ।

जिल्लामा बन्ने पुरातात्त्विक सम्पदा गुम्बा सातमध्ये छको डिपिआर भइसकेको छ । मेलम्चीमा एक, हेलम्बुमा चार, इन्द्रावतीमा एक र लिस्तीकोटमा एक गरी निर्माण गरिने सात गुम्बामध्ये छ को डिपिआर भएको हो । लिस्तीकोट गुम्बाको पनि चाँडै काम सुरु गरिने उनले जानकारी दिए। निजी आवास निर्माणको समय सीमा २०७८ पुस ९ गतेसम्म भए पनि स्वास्थ्य भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेर मात्र बिदा हुने निरौलाले जानकारी दिए ।