काठमाडौँ । मेलम्ची नगरपालिका वडा नम्बर १३ फटकशिला स्थित रातो पहिरोमा सडक भासिएपछि यातायात सेवा अवरुद्ध भएको छ ।
मेलम्ची–जिरोकिलो सडकखण्ड स्थित फटकशिला ठाडो पहिरोमा इन्द्रावती नदीले बाटो कटान गरेपछि मेलम्चीतर्फ जाने र मेलम्चीबाट आउने यातायात सेवा अवरुद्ध भएको हो ।
२० मिटर सडकलाई नदीले कटान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
अहिले मेलम्चीबाट काठमाडौँ र काठमाडौँबाट मेलम्ची जाने सबै यातायातका साधन र यात्रु अलपत्र परेका छन् । वैकल्पिक मार्गबाट बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।







