२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारी र भीम रावलबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। शनिवार अपराह्न शितलनिवासमा राष्ट्रपति भण्डारी र रावलबीच भेटवार्ता भएको हो।

उनीहरूबीच करिब एक घण्टा वार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालनिकटका नेता रावलले लामो समयदेखि एमाले भित्रको अन्तर्द्वन्द्वकै बीच राष्ट्रपतिलाई भेट्नु अर्थपूर्णरुपमा हेरिएको छ ।

एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच द्वन्द्व हुँदा पार्टी दुई खेमामा विभाजन भएको छ । पार्टी एकताका लागि नेपाल पक्ष र ओली पक्षका नेताहरूको १० सदस्यीय कार्यदल पनि गठन गरिएको थियो । कार्यदलकै सदस्य भीम रावल पनि हुन् । कार्यदलले पार्टी एकताका लागि दश बुँदे सहमति पनि गरेका थिए । तर वरिष्ठ नेता नेपालले उक्त १० बुँदे सहमति आफू अनुकूल नभएको भन्दै असहमति जनाइरहेका छन् ।

नेपाल पक्षले स्थायी र केन्द्रीय कमिटी बैठक गर्दै सकेसम्म पार्टी एकताकै पक्षमा रहेको बताएको छ भने अध्यक्ष ओली पक्षले सोमबार स्थायी र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

नेपाल पक्षका केही नेताहरू सरकारमा सहभागी हुने भन्दै पार्टी एकताको पक्षमा देखिएका छैनन् । भने भीम रावललगायत कार्यदलका सदस्यसहितका नेताहरूले पार्टी एकता नै एमालेको सकारात्मक बिन्दु रहेको भन्दै एकताको प्रयासमा जुटिरहेका छन् ।

यता नेपाल पक्षको निर्णय नआएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन् । नेपाल पक्षले सरकारमा आए ६ वटा मन्त्रालय दिने देउवाको तयारी छ ।