२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साहस ऊर्जाले प्रभावितलाई साधारण शेयर बिक्री गर्ने

अ+ अ-

सोलुखुम्बु । छयासी मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । जिल्लाको थुलुङ दूधकोशी–३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्ष्य गरी आइपिओ निष्कासन गरिने भएको हो ।

नेपाल धितोपत्र बोर्डबकााट एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्कासन गर्न अनुमति पाएको साहस ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि ३५ लाख कित्ता शेयर निष्कासन गर्ने जनाएको छ । सोलुखुम्बु जिल्लाका नागरिकले साउन २९ देखि भदौ ११ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । उक्त समयमा खुला गरिएको शेयर बिक्री नभएमा ढिलोमा भदौ २७ सम्म आवेदन दिन सकिने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।

कम्पनीले प्रतिशेयर रु १०० मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीका अध्यक्ष हिम पाठकले जानकारी दिए । उनका अनुुसार ग्लोबल आइएमई बैंक सल्लेरी, नेपाल इन्भेष्टमेन्ट बैंक लुक्ला, लक्ष्मी बैंक मुक्ली र नेले शाखा, माछापुच्छ्रे बैंक सल्लेरी र प्राइम कमर्शियल बैंक रमिते शाखाबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने अध्यक्ष पाठकले बताए ।

आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपिओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर रु तीन अर्ब ५० करोड पुग्ने छ । उक्त आयोजना रु ११ अर्ब ८६ करोडमा बनिसक्ने अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको कन्सोर्टियम लिडमा नौ बैंकले रु आठ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्ला र थुलुङ दूधकोशी–१ नेलेमा पर्ने सोलुखोलामा ड्याम निर्माण गरी सुरुङमार्गमार्फत थुलुङदूधकोशी–३ पञ्चनमा विद्युतगृह निर्माण गरिँदैछ । निर्माण कम्पनीका अनुसार अहिले आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

सोलुखोलामा २३।५ मेगावाट क्षमताको माथिल्लो सोलुखोला निर्माण सम्पन्न भएर उत्पादन शुरु भएको छ भने ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला जलविद्युत् आयोजना, १९.५ मेगावटमा बेनी हाइड्रोपावर प्रोजक्टको काम पनि अन्तिम चरणमा पुगेको सम्बन्धित आयोजनाले जनाएका छन् । यद्यपि ती कम्पनीले साधरण शेयर भने वितरण गरेका छैनन् ।