२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोडमोड गरी समाचार आएको भन्दै ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताका बिचमा राखेका कुरालाई जोडेर तोडमोड गरी समाचार सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गरी ‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यममा सम्प्रेषण गरिएकामा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेकोभन्दा तथ्य र आधारसहित परिपक्व तथा भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने आफूलाई पनि लागेको सह महामन्त्री डा महतको भनाइ छ ।

प्रधानमन्त्री वा उनका सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानि गरेको छ भन्ने लागेमा उनको निरन्तर पहुँचमा रहेका नेता र निकट स्थलले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने तथा त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा जिज्ञासा मात्र राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेतृत्व तहबाट कुनै कमीकमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनि करुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु’, उनले विज्ञप्तिमा जनाएका छन्।