२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलोत्तमाका किसानलाई कृषि उपकरण सहयोग

अ+ अ-

रुपन्देही । तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यावसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ । नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा यो परियोजना सञ्चालनमा छ ।

परियोजनाले यसअघि नै किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेकामा पछिल्लोपटक धान काट्ने, आलु लगाउने, च्याउ बनाउने मेसिन सहयोग गरेको हो । किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गराउन विभिन्न कृषि उपकरण सहयोग गरिएको परियोजनाले जनाएको छ ।

पछिल्लोपटक परियोजनाले वडा नं ११ स्थित लालीगुराँस च्याउ उत्पादक कृषक समूह, वडा नं १२ स्थित बुद्धभूमि तरकारी उत्पादक कृषक समूह र वडा नं १० स्थित सेमराबजार आलु उत्पादक कृषक समूहलाई विभिन्न कृषि उपकरण सहयोग गरेको हो । लालीगुराँसलाई च्याउ बनाउने स्टिमर र बलमेकर मेसिन, बुद्धभूमिलाई धान काट्ने मेसिन र सेमराबजारलाई आलु लगाउने डिगर मेसिन सहयोग गरिएको परियोजनाले जनाएको छ ।

किसान समूहलाई कृषि सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणका लागि यान्त्रिकीकरण अपरिहार्य रहेकाले परियोजनाअन्तर्गत किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरिएको बताए ।

कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सो नगरपालिकामा गत वर्षदेखि व्यावसायिक आलु उत्पादन, बीउ वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजना सुरु गरिएको हो । परियोजनाअन्तर्गत गत वर्ष झण्डै ६५ बिघामा बीउ वृद्धिका लागि आलुखेती गरिएको थियो । उत्पादित आलु यस वर्ष बीउका रूपमा प्रयोग गर्ने गरी शीतभण्डारमा राखिएको छ ।