१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपतिद्वारा पुनः अमेरिकाको बचाउ

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन्।

उनले भनेका छन्, अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेर ठिक गरेको छ, अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता गर्‍यो, त्यो सही छ ।

उनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने बताएका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उनले पहिले पनि आफ्नो निर्णयको बचाउ गर्दै आएका छन्। उनले यस अघि पनि पटक पटक आफ्नो निर्णयमा आफू कटिबद्ध रहेको बताउँदै आएका छन् ।

हाल पनि युद्धग्रस्त रहेको अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाले आलोचना खेपिरहेको छ । अमेरिकाले समयमै तथा अवैज्ञानिकरुपमा आफ्नो सेना फिर्ता गर्दा अफगानिस्तानलाई तालिबानले कब्जा गरेका भनिएको छ ।

राष्ट्रपति बाइडेनले भने यो निर्णय सही समयमा गरिएको उचित निर्णय रहेको बताउँदै आएका छन् ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि १५ अगस्तमा नै तालिबानीले सत्तामा पुगेका छन् । आइतबार तालिबानले लडाइँ जितेको घोषणा पनि गरेका थिए ।

अफगानिस्तानका तालिबान सशस्त्र विद्रोही पुनः सत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिकरुपमै अन्त्य भएको छ ।

अफगानिस्तानको सेनाले आफ्नो देश कब्जा हुन नदिन देशको लागि लड्न नसकेको यसअघि पनि बाइडेनले बताएका थिए । अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न नसकेकाले यस्तो अवस्था आएको उनले बताएका थिए।

अफगानिस्तानमा यो घटना भएपछि अमेरिकाप्रति प्रश्न उठेको बताइएको छ । विश्वका अमेरिकालाई साथ दिएका कतिपय देशले अमेरिकी यस कार्यप्रति प्रश्न उठाउँदै आगामी दिनमा विश्वासको सङ्कट हुन सक्ने बताएका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले भने यो कसैले प्रश्न गर्ने विषय नभएको र अफगान मुद्दाका कारण आगामी दिनमा विश्वका आफ्ना गठबन्धन सदस्यसँग अविश्वासको प्रश्न नै नआउने भनेका छन् ।

प्रतिक्रिया दिनुहोस