२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले जनताको अपेक्षाबमोजिम काम गर्छ : सहमहामन्त्री डा महत

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम काम गर्ने बताएका छन् ।

ज्येष्ठ कांग्रेस सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, ‘यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षाबमोजिम नै काम गर्नेछ ।’

सहमहामन्त्री डा महतले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएरको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन र कानुनीराजको सुनिश्चितता गरेको भए अहिले नै कांग्रेस सत्तामा आउने थिएन भने ।

देशमा भ्रष्टाचार र अनियमितता बढेको तथा नागरिक महामारीको मारमा परेका बेला पनि सत्ताका लागि कम्युनिष्ट पार्टीहरुबीच भएका लुछाचुँडीले जनतामा निराशा छाएर यो सरकारलाई विकल्पका रूपमा रोजेका उनको तर्क थियो ।

त्यसैले पनि यो सरकारले जनताको चाहनाबमोजिम काम गर्नुपर्ने भन्दै सीमित साधन र स्रोतका बाबजुद पनि यो सरकारले आगामी दिनका चुनौतीहरुलाई सामना गर्दै अघि बढ्ने र जनताका पक्षमा काम गर्ने बताए ।

कुनै पनि राजनीतिक दलले आफू सत्तामा पुगेपछि अब कहिल्यै तल ओर्लिन पर्दैन भन्नेजस्ता अहंकार पाल्ने गरेकाले समय समयमा नेपालको राजनीतिमा दुर्घटना हुने गरेका दृष्टान्त पेश गर्दै यसअघिको सरकारमा पनि त्यस्तै अहंकार देखिएको र जसका कारण नेपाली नागरिकले कम्युनिष्ट सरकारलाई पाँच वर्षका लागि दिएको जनादेश तीन वर्षमै दुर्घटनामा परेको उनले बताए ।

उनले ज्येष्ठ नागरिक देशका अनुभव र प्रेरणाका खानी भएकाले उनीहरुको सुझाव र दिशानिर्देशानुसार काम गर्दा देशको विकास हुने र समाज पनि समृद्ध बन्ने बताए । ज्येष्ठ नागरिकको सम्मान गर्ने र उनीहरुले देखाएको सही बाटोको अनुशरण गर्ने समाज नै समृद्ध बन्ने उनले बताए ।