१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पितृसत्तावादलाई चिर्दै अघि बढ्नुपर्छ : मन्त्री भुसाल

अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुरुष सरह पूर्णरूपमा महिलाले पनि अधिकार प्राप्तिका लागि मुलुकमा रहेको पितृसत्तावादलाई चिर्दै अघि बढ्नुपर्ने बताएकी छन् ।

पन्ध्रौँ राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसका सन्दर्भमा हिजो (आइतबार) आयोजित मनोरञ्जन क्षेत्रमा कार्यरत हिंसामा परेका महिलाको उद्धार तथा हकहितका लागि काम गर्ने ‘छोरी परियोजना संस्था’का संस्थापक अध्यक्ष हिरा दाहालको रचना ‘फूलमाया उपन्यास’ विमोचन गर्ने क्रममा उनले मुलुकका कयौँ महिला अझै पनि दमनको सिकार भइरहेको बताइन् ।

त्यस्तो शिकारबाट बाहिर आउनका लागि स्वयं महिलाको सोचसमेत परिवर्तन हुन जरुरी रहेको बताइन् । उनले भनिन्, ‘छोराको चाहनामा कयौँ फूलमायाहरुले यस धर्तीमा समेत आउने मौका नपाएकाले त्यस्तो मानसिकताको अन्त्य नभएसम्म समाज परिवर्तन हुन सम्भव छैन ।’ हालको २१ औँ शताब्दीमा छोरीप्रति हेर्ने र गर्ने व्यवहार अझै पुरानो रहेको बताउँदै भुसालले क्रान्तिबिना समानतामूलक समाज निर्माण गर्न असम्भव रहेको जिकिर गरिन् ।

संस्थाका अध्यक्ष दाहालले फूलमाया नेपाली समाजलाई चित्रण गरी बालविवाह, हिंसा, श्रम शोषण, बेचबिखन, मजदुर महिला आदिको जीवनी र पीडालाई समेटिएर लेखिएको उपन्यास भएको जानकारी गराए । उनले भने, ‘मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेर एक आमाले आफ्ना सन्तानको सपना पूरा गर्न नसक्दा महसुस भएको दुःखलाई समेत उजागर गरिएको छ ।’ उपन्यासले दैनिकीका रूपमा एक दिन गर्दै २८ दिनसम्मलाई उजागर गरेको उनले बताए ।

उपन्यासका सम्पादक आनन्द वाग्लेले पुस्तकले मानव जीवन परिवर्तन गर्न सहयोग गर्ने बताउँदै किताब पढ्ने संस्कृतिलाई बढावा दिन जोड दिए। उनले भने, ‘पुस्तकालय नभएको घर निरस हुने भएकाले गृह पुस्तकालय सुरुआत गरी पढ्ने बानीको विकास गर्दा समयको समेत सदुपयोग हुनेछ ।’

प्रतिक्रिया दिनुहोस