२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी

अ+ अ-

तनहुँ । तनहुँमा यही भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कम नभएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा अवधि बढाएको हो ।

कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रमण रोग ऐन, २०२० को दफाले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै थप १० दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८ मा उल्लिखित सूचकअनुसार जोखिमको स्कोरिङ गर्न सकिने अवस्था देखिएमा स्वास्थ्य प्रोटोकलको पूर्णपालन गरी २५ जनाभन्दा नबढ्ने गरी न्यूनतम सहभागितामा तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न गराउन सकिने छ ।

पार्टी प्यालेसको हकमा स्वास्थ्य प्रोटेकलको पूर्णपालना गरी कूल क्षमताको ५० प्रतिशत मा नबढ्ने गरी बेलुका ६ बजेभित्र मात्र सञ्चालन गर्ने गराउने, रेस्टुरेन्ट बेलुका ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न गराउन अनुमति प्रदान गरिएको छ । अन्य सञ्चालन गर्न अनुमति दिइएका सेवा तथा व्यवसाय बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

सवारी साधानहरुले सिट क्षमताभित्र रही अनिवार्यरूपमा सबै यात्रीले मास्क लगाउने, चालक, सहचालकले मास्क फेससिल्ड, पञ्जा लगाउने, गाडीको ढोकामा स्यानिटाइजर राख्ने र प्रयोग गर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सञ्चालन गर्न गराउन लगाउने निर्णय गरिएको छ ।

शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन विद्यालय सिकाइ सहजीकरण निर्देशिका–२०७७ र कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८ मा उल्लिखित सूचकअनुसार जोखिमको अवस्था हेरी विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयानुसार आवश्यक व्यवस्थापन गर्न गराउन सकिने निर्णय गरेको छ ।