११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँका नवनियुक्त सिडिओ रिजालले गरे पदबहाली

अ+ अ-

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) गोबिन्द प्रसाद रिजालले पदबहाली गरेका छन् ।

मंगलबार(हिजो) पत्र बुझेका रिजालले बुधवार दिउँसो जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा पदबहाली गरेका हुन् । ७ वटा जिल्लाको प्रजिअ भई सकेका रिजालले ४६ औँ प्रजिअका रुपमा काठमाडौँको प्रशासनिक कमाण्ड सम्हालेका हुन् । अधिकृत, उपसचिव तथा सहसचिवसम्मै गृह प्रशासनमा काम गरेको अनुभव रिजालसँग छ ।

सम्बन्धित समाचार : काठमाडौँको सिडीओमा गोबिन्द रिजाल

लामो समय गृह प्रशासनमा रही काम गरेको अनुभवबाट पनि सेवाग्राहीको भिडभाड रहने काठमाडौँ जिल्ला प्रशासनबाट दिइने सेवा प्रवाहमा थप चुस्तता ल्याउने प्रजिअ रिजालले बताए । नयाँ प्रजिअको स्वागतका लागि उपस्थित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा कार्यालयका कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले प्रशासनमा देखिएको कर्मचारी अभावलाई मन्त्रालयको समन्वयमा परिपूर्ति गरिने र हाल भईरहेकै जनशक्तिबाट पनि कसरी बढी भन्दा बढी सेवा दिन सकिन्छ भन्ने विषयमा थप छलफल र समन्वयमा काम गर्ने बताए ।

काठमाडौँ जिल्ला प्रशासनले दिने सेवा प्रवाहमा चुस्तता ल्याउन र सोको महसुसिकरण आम सेवाग्राहीलाई गराउन सबै कर्मचारीको साथ र सहयोगको अपेक्षा गरेको प्रजिअ रिजालले बताए ।

सोही समारोहमा बिदाई गरिएका तत्कालिन प्रजिअ काली प्रसाद पराजुलीले काठमाडौँ जिल्ला प्रशासनले ७७ वटै जिल्लाका नागरिकहरुलाई पनि सेवा दिनु पर्ने भएकोले अन्य जिल्लाभन्दा फरक अनुभव गरेको र गृहको लामो अनुभवी नवनियुक्त प्रजिअ रिजालले सो भूमिका कुशलतापूर्वक निर्वाह गर्न सक्ने भन्दै कार्यकालको शुभकामना दिए ।

प्रजिअ रिजालको जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा कार्यालयका कर्मचारीहरुले फूलमालासहित स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस