२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजारको विकृतिबारे अध्ययन भइरहेको छ : अर्थमन्त्री

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् ।

अर्थ मन्त्रालयमा हिजो (आइतबार) आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए ।

सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले छानबिन समिति गठन गरेको छ । समितिलाई समग्र शेयर बजारको विकृतिबारे समेत अध्ययन गर्ने गरी कार्यादेश दिइएको छ । समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुन कुमार खड्का सदस्य छन्।

पत्रकार सम्मेलनमा रु १२ करोडभन्दा बढी शेयर धितो कर्जा लिने १६२ जनाको हितका लागि काम गर्ने कि समग्र ४० लाख लगानीकर्ताको लागि काम गर्ने भन्ने प्रश्नमा अर्थमन्त्री शर्माले भने, ‘समग्र लगानीकर्ताको हितका लागि नै काम गर्ने गरी अध्ययन समितिले काम गरिरहेको छ ।’ उनले सो अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा शेयर बजारको सुधारको काम गरिने विश्वास दिलाए ।

कोरोना बीमामा भुक्तानीमा समस्या

कोरोना बीमा गरेका नागरिकले लामो समय भइसक्दा समेत भुक्तानी नपाएका कारण समस्यामा परेका छन् । अर्थमन्त्री शर्माका अनुसार हालसम्म रु ११ अर्ब बराबरको बीमा भुक्तानीका लागि दाबी परेको छ ।

भुक्तानीका लागि रकम अभाव भएको भन्दै भुक्तानी दिन रोकिएको छ । उनले कोरोना बीमा दाबी भुक्तानीको मात्रा ठुलो भएकाले सरकारलाई समस्या परेको बताए ।

कोरोना बीमाको दायित्वअनुसार नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले रु तीन अर्ब ५० करोड बढी रकम बीमितलाई उपलब्ध गराएको भए पनि थप भुक्तानी हुन सकेको छैन ।

यस्तै, उनले सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन लागिएको जानकारी दिए । विद्युतीय सवारी साधनको बढावाका लागि नै मोटरसाइकलमा कर बढाइएको उल्लेख गरे ।