२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चित

अ+ अ-

धनुषा । प्रदेश नं २ को प्रदेशसभा बैठक दुई महिनादेखि बस्न सकेको छैन । बैठक कहिले बस्ने अझै निश्चित छैन ।

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजनका कारण प्रदेशसभाको बैठक अनिश्चित बनेको हो । गत असारमा सरकारले प्रदेशसभाबाट बजेट पारित गरेपछि छैटौँ अधिवेशन अन्त्य गरिएको थियो । सातौँ अधिवेशनको हालसम्म कुनै सुरसार छैन ।

लामो समयसम्म प्रदेशसभा बैठक नबस्दा संसद्माथि नै प्रश्न उठेको सत्तारूढ दलकै सांसदहरू बताउँछन् । प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक चाँडै बोलाउन छलफल अघि बढाइएको बताए । ‘दसैंँअघि नै अधिवेशन आह्वान गर्ने तयारी छ’, उनले भने ।

यसैगरी प्रदेशसभाका विभिन्न विषयगत संसदीय समितिसमेत अहिले सभापतिबिहीन छन् । सार्वजनिक लेखा, कृषि र प्राकृतिक स्रोतलगायत समिति सभापतिबिहीन छन् । अहिले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या सात पुगेको छ । यसअघि पाँच दल थिए । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नयाँ दलकारुपमा अस्तित्वमा आएका छन् ।

जसपा विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमाको लोसपामा १६ प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । त्यस्तै एमाले विभाजित एकीकृत समाजवादीमा १३ प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । प्रदेशसभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादीका १३, नेकपा (माओवादी केन्द्र) का ८, एमालेका ८ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसद छन् । एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने भएको छ । सङ्घीय सरकारमा बनेको समीकरणजस्तै प्रदेश २ मा पनि बनाइने दलहरूबीच सहमति भएको छ । अहिले जसपाको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी छन् ।