१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा जारी निषेधाज्ञा असोज १ बाट खुल्ने

अ+ अ-

कास्की । कास्कीमा जारी रहेको निषेधाज्ञा खुला गरिएको छ। दोस्रो कोरोना सङ्क्रमण नियन्त्रण गर्न वैशाख १५ गतेदेखि जारी भएको लकडाउन असोज १ गतेदेखि खुल्ने भएको छ।

लकडाउन खुलेसँगै अब पोखरा र समग्र कास्की जिल्लामा स्कुल, होटल, रेस्टुरेन्ट, रात्रिकालीन व्यवसाय, क्लब, दोहोरी साँझ, डान्सबार लगायत खुलाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। लामो समय लकडाउनको मारमा परेको पर्यटन व्यवसाय लकडाउन खुलेसँगै लयमा आउने विश्वासमा छन्।

लकडाउन खुलेसँगै अब आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम सुरु गर्दै छुटका कार्यक्रम घोषणा गर्ने तयारीमा पोखराका पर्यटन व्यवसायी छन्। पहिलो चरणमा आन्तरिक पर्यटनलाई लक्षित गरी छुटका कार्यक्रम ल्याइने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए।

पोखराका पर्यटन व्यवसायीले गत मंगलबार नै लकडाउन हट्ने विश्वासमा पोखराका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय स्थल असोज १ गतेदेखि खोल्ने निर्णय गरेका थिए। पोखराका सहाशिक गतिविधि प्याराग्लाइडिङ लगायतका गतिविधि पनि असोज १ गतेदेखि सञ्चालन गर्ने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताएका थिए।

यस अघि पहिलो लकडाउन खुकुलो भए पनि स्कुल र रात्रिकालीन व्यवसाय खुलेका थिएनन्। पछिल्लो दिनमा कोरोना सङ्क्रमण र मृत्युदर घटेको कारण लकडाउन खुला गर्ने निर्णय गरिएको कास्की प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी गौतमले बुधबार साँझ जारी गरेको आदेशमा स्वास्थ्य सतर्कता अपनाएर सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

यसअघि साँझ ८ बजेसम्म मात्र खुला गरिएको बजार र पर्यटकीय स्थलको समय बढाइएको छ। पोखराका होटल तथा रेस्टुरेन्ट राति साढे ११ बजेसम्म खोल्न पाइने उल्लेख गरिएको छ भने डान्सबार, क्लब, दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसाय राति साढे १ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

लकडाउन खुला गरिए पनि सङ्क्रमण दर बढ्दै गएमा जुनसुकै बेला थप आदेश जारी गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ। लामो समय भएको लकडाउनको कारण सबैभन्दा धेरै मारमा परेको पर्यटन उद्योग लकडाउन हटेसँगै लयमा फर्कने विश्वास व्यवसायीमा छ।

प्रतिक्रिया दिनुहोस