२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेबनानका लागि आपतकालिन सहयोग पठाइँदै : डब्लुएचओ

अ+ अ-

लेबनान । हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य सङ्गठनले लेबनानको स्वास्थ्य सङ्कट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ ।

लेबनानको भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार भने, ‘लेबनानमा गम्भीर चुनौतीहरू छन्, विशेष गरी चिकित्सा, इन्धन र पानीको आपूर्तिको अभावले लेबनानका जनताको स्वास्थ्य अवस्थालाई असर गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले लेबनानको समस्यालाई सम्बोधन गर्न विश्व समुदायसँग छलफल गरिरहेको छ । छिट्टै सहयोग लेबनान आइपुग्नेछ ।’

राष्ट्रपति मिशेल आउनसँग बाबडा प्यालेसमा भएको वार्तापछि गेब्रेयससले भने, ‘विशेष गरी खोप लगाउने सन्दर्भमा कोभिड–१९ महामारी विरुद्ध लड्न लेबनानले गरेको प्रयास सह्रानीय छ ।’ मध्य पूर्वी यस देशमा अहिलेसम्म ३० प्रतिशत जनसङ्ख्यालाई कोभिड–१९ पुष्टि भइसकेको जनाएको छ ।

उनले भने, ‘लेबनानको कोभिड–१९को स्थिति सुधार्न र अन्य स्वास्थ्य समस्यामा पनि सहयोग गर्न हामी सहयोगको व्यवस्था गर्नेछौं ।’

उक्त अवसरमा लेबनानका राष्ट्रपति मिशेल आउनले देशले सामना गरिरहेको आर्थिक, स्वास्थ्य र मानवीय संकटलाई ध्यानमा राखेर संगठन र लेबनानबीच थप सहयोगको माग गरे । एक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै घेब्रेयसस बिहीबार लेबनान आइपग्नुभएको थियो । यस प्रतिनिधिमण्डलले कोभिड–१९ महामारीलगायतका विभिन्न स्वास्थ्य सेवाको अवस्थाको अध्ययन गर्ने बताइएको छ ।