राष्ट्र बैङ्कले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैङ्कले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने


४ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैङ्कका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

केन्द्रीय बैङ्कले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैङ्कले रु पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ । यस्तै रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी चेत ८ गते परिपक्व हुनेछ ।

केन्द्रीय बैङ्कले रु दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ । सो बिल विसं २०७९ असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैङ्कले यसअघि भदौ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस