६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक सहायता नेपालको आवश्यकता र प्राथमिकताअनुसार खर्च हुन्छ : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व बैङ्कको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो (सोमबार) भएको भेटमा प्रधानमन्त्री देउवाले विश्व बैङ्कले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले विश्व बैङ्कले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिद, कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न तथा भूकम्पपछिको पुनर्निर्माणलगायत क्षेत्रमा गरेको सहयोगका लागि उपाध्यक्ष सेफरलाई धन्यवाद दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिए । विश्व बैङ्कको सहयोगमा हाल नेपालमा दुई दर्जन बढी विभिन्न आयोजना सञ्चालित छन् ।

उनले विगतमा नेपालको कार्यक्षेत्र मात्र हेर्ने गरी विश्व बैङ्कको कार्यालय स्थापना भएकामा गत वर्षदेखि नेपाल, भुटान र श्रीलङ्काको समेत कार्यक्षेत्र हेर्ने गरी उपक्षेत्रीय कार्यालयमा स्तरोन्नति गरिएकामा खुसी व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले नेपाल सरकार सुशासनप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको र आगामी दिन वातावरण सुधारका लागि थप व्यवस्थित रूपमा कार्य अघि बढाउने गरी प्रणालीको विकास गरेको समेत अवगत गराएका थिए।

प्रतिक्रिया दिनुहोस