८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म पार्टी फुटको विपक्षमा छु’

अ+ अ-

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताएकी छन् ।

एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताइन् । ‘पार्टीका पहिलो भएका केही बेमेल, भिन्नतालाई छाडेर अघि बढ्नुपर्छ । गुटबन्दीभन्दा माथि उठेर संस्थागतरूपमा पार्टीलाई बलियो बनाउन सबै सक्रिय हुनुपर्छ’, मुख्यमन्त्री शाक्यले भनिन् ।

एमालेको उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री शाक्यले माधव नेपाललाई पार्टी फुटाउन नहुने सल्लाह दिएको र नेपाल लगायतले फटाएर अघि बढेपछि साथ छाडेको पनि बताइन् । उनले नेकपा (एकिकृत समाजवादी) निकै कमजोर पार्टी हुनेसमेत दाबी गरिन् । उनले नुवाकोटका पार्टी फुटको असर ज्यादै न्यून परेकाले आगामी दिनमा एमालेको सङ्गठन अझै बलियो हुने बताइन् ।

मुख्यमन्त्री शाक्यले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेकाले सबै नेता कार्यकर्ताले जिम्मेवार ढङ्गले सक्रिय हुनु पनि निर्देशन दिइन् । एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले एमाले नुवाकोटमा एकढिक्का भए अघि बढिरहेकाले कार्यकर्ताले अरुको भनाइको पछि नलाग्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस