९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राउटेको गणना अन्तिममा

अ+ अ-

कर्णाली । स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो ।

राउटेहरू हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिन्डे नगरपालिका वडा नं १ को घाटगाउँमा बस्दछन् । सुर्खेत प्रदेश जनगणना कार्यालयले राउटेहरू छिटो–छिटो बसाइँ सर्ने हुँदा छुट्ने वा दोहोरिन सक्ने भएकाले जनगणनाको अन्तिम समयमा गर्ने गरी स्थानीय जनगणना कार्यालयहरुसँग समन्वय भइरहेको जनाएको छ ।

अति लापोन्मुख यो समुदायमा हाल १४० जना छन् । जनगणनाका लागि सुर्खेतस्थित प्रदेश जनगणना कार्यालयले दैलेखको गुराँस गाउँपालिका र सल्यान जिल्ला जनगणना कार्यालयसँग समन्वय गरिरहेको छ ।

बाह्रौँ राष्ट्रिय जनगणनाअन्तर्गत यही भदौ ३० गतेदेखि घरधुरी तथा घरपरिवार सूचीकरण कार्य जारी छ । यो कार्य असोज १८ गतेसम्म हुनेछ । घरधुरी, घरपरिवार तथा कृषिसम्बन्धी विवरण सूचीकरण गर्ने चार दिन मात्र बाँकी रहँदा सुपरीवेक्षकहरु राउटे बस्ती पुगेका छैनन् ।

वनगाड कुपिन्डे नगरपालिका–१ की सुपरीवेक्षक राजकुमारी खत्रीले राउटे समुदायको घरपरिवार तथा घरधुरी सूचीकरण कार्य अन्तिममा गर्ने तयारी भइरहेको बताए। ‘राउटे समुदायसहित पाँच वटा क्लष्टर बनाएर घरधुरी तथा घरपरिवार सूचीकरण गरिरहेको छु’, उनले भनिन्, ‘अन्य बस्तीको सूचीकरण अब अन्तिम चरणमा पुगेको छ, त्यस लगत्तै राउटे बस्तीमा पुग्नेछु ।’

सुपरीवेक्षक खत्रीले राउटे समुदायको घरपरिवार तथा घरधुरी सूचीकरणका लागि सो समुदायसँग नजिकका व्यक्तिबाट सहयोग लिन पर्ने भएकाले त्यसका लागि दैलेखको गुराँस गाउँपालिकाले दुई सहजकर्ता परिचालन गरेको छ । राउटेहरू आफूले विश्वास गरेको एवं परिचित व्यक्तिसँग मात्र आपसमा कुराकानी गर्ने गर्दछन् । यो समुदाय अझै आफ्नो वास्तविक विवरण बताउन तयार छैनन्

राउटेहरू ‘आफ्नो सङ्ख्या गन्नु हुँदैन, टाउको गन्नुहुन्न, पाप लाग्छ’ भन्ने मान्यतामा विश्वास गर्छन् । यही मान्यताका कारण यसअघिका जनगणनामा राउटेको यकिन विवरण आउन नसकेको हो । विसं २०५८ र २०६८ को जनगणनामा राउटेको सङ्ख्या यथार्थभन्दा बढी देखाइएको राउटे अभियानकर्मीको आरोप छ । यी गणनामा राउटेको सङ्ख्या ५०० भन्दा बढी भएको उल्लेख थियो ।

जिल्ला तथ्याङ्क कार्यालयका सहायक जनगणना अधिकारी कुमारी सीता तिमिल्सेनाले यस पटकको गणनामा राउटे समुदायको वास्तविक विवरण सङ्कलन हुने बताइन्। ‘फिरन्ते राउटे, पुर्ख्यौली थातथलोदेखि अलग बस्दै आएका बादी, गन्धर्वलगायत जातिको पनि यकिन विवरण सङ्कलन गरिँदै छ’, उनले भनिन्, ‘कसैको छुट्ने र कसैको दोहोरिने समस्या हुन नदिन सचेत छौँ ।’ ‘मेरो गणना–मेरो सहभागिता’ भन्ने नाराका साथ यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मुख्य जनगणना कार्य सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस