७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिवर्तन उल्ट्याउन प्रतिनिधिसभा विघटन गरिएको थियो : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेण्डा उल्ट्याउने षड्यन्त्रअनुरूप नै भएको बताएका छन्।

माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार नै प्रतिनिधिसभा विघटन गरिएको चर्चा गर्दै उनले माओवादी रहँदासम्म परिवर्तनका एजेण्डा कायमै रहन्छ भन्ने भयका कारण प्रतिनिधिसभा विघटन गरिएको भए पनि आफूहरुले नेपाली जनताका साथमा त्यस्ता गलत प्रवृत्ति परास्त गरेको उल्लेख गरे ।

क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरु आन्दोलनमा उत्रिएका कारण प्रतिगमन परास्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान विरोधी गतिविधि परास्त भएको उल्लेख गरे । पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा उहाँले आफूसमेत मिलेर गठन गरेको पार्टी गलत दिशामा गएर जनताका अधिकार उल्ट्याउन खोजिएका कारण आफूहरुले सशक्त प्रतिवाद गरेको बताए ।

पार्टीका कार्यकर्ता नबिग्रिएको तर शीर्ष स्थानमा रहेका नेतामा नै समस्या रहेको भन्दै अध्यक्ष दाहालले अब नयाँ सङ्कल्पसहित विगतको गलत अभ्यासबाट मुक्त भएर अगाडि बढ्ने सङ्कल्प आफूहरुले गरेको बताए ।

शहीद तथा बेपत्ता परिवारलाई थप एकीकृत बनाएर लैजाने तयारीमा आफू रहेको उल्लेख गर्दै उनले विगतको शहादतको उचित मूल्याङ्कन हुने स्पष्ट पारे । नेपाली जनताको अधिकारका लागि गरेको त्यागका आधारमा राजनीतिक अधिकार प्राप्त भए पनि शहीदको सपना भने पूर्णरूपमा प्राप्त हुन भने नसकेको उनले उल्लेख गरे ।

माओवादी पनि अन्य राजनीतिक दल जस्तै भएको हो कि भने जस्तो भएको भन्दै अध्यक्ष दाहालले आफूले जो जसलाई मन्त्री बनाए उनीहरु नै गलत बाटोमा लाग्नु जस्तो विचित्र अरु केही नभएको बताए । विगतमा सङ्घर्षका लागि अग्रमोर्चामा जाने प्रतिस्पर्धा हुनेगरेको तर अहिले मन्त्री पाइएन, पद पाइएन भनेर रुवाबासी गर्ने प्रतिस्पर्धा चलेकामा उनले गुनासो गरे ।

अध्यक्ष दाहालले अहिलेको गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले कहिल्यै निर्वाचन जित्न नसक्ने अवस्था आएको भन्दै यसको परिवर्तन जरुरी भएको उल्लेख गरे । उनले अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको भन्दै त्यसका पक्षमा आफूहरु लाग्नेबित्तिकै गलत प्रणाली उल्ट्याउन सकिने विश्वास व्यक्त गरे ।

अखिल (क्रान्तिकारी)का नेतालाई पार्टीको स्थायी समितिमा राख्ने प्रस्ताव आफैँले बुधबारको स्थायी समितिको बैठकमा राखेको र कम्युनिष्ट पार्टीको उत्तराधिकारीसमेत तयार भएको उनले बताए । उनले अब पार्टीको केन्द्रीय समितिमा २० प्रतिशत युवालाई सहभागी गराएरै छाड्ने दृढता व्यक्त गरे ।

अहिले देखिएको विकृति र विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्ने प्रणालीको विकास युवा तथा विद्यार्थीले नै गर्नुपर्ने उल्लेख गर्दै उनले सबैले त्याग गर्दा मात्रै देशमा जनताले खोजेको जस्तो परिवर्तनको अनुभव गर्न सकिने स्थानमा पु¥याउन सकिने स्पष्ट पारे ।

पार्टीलाई नयाँ आधारमा अगाडि बनाउने नीति तथा कार्यक्रमसहित आउने र सबैलाई समेटेर लैजाने सङ्कल्पका साथ आउनेलाई पार्टी जिम्मा लगाएर आफूू जान तयार रहेको अध्यक्ष दाहालको भनाइ छ । घाइते, बेपत्ता परिवार तथा शहीद परिवारलाई राहत दिने विषयमा गठबन्धनमा छलफल भएको र साझा कार्यक्रममा समेटिएको उनको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शहीद तथा बेपत्ता परिवारलाई राहत दिने विषयमा गरिएको निर्णयको माइन्युट नै लुकाइएको भन्दै त्यो माइन्युट खोज्न आफू लागिपरेको बताए ।

कार्यक्रममा अखिल(क्रान्तिकारी)का फ्याक्सन इञ्चार्ज हितमान शाक्यले जहाँ विद्यार्थी त्यहाँ क्रान्तिकारी भन्ने नाराका साथ विद्यार्थीका बीचमा गएर एक नम्बरको सङ्गठन बनाउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस