७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि अनुमति

अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुने गरी अनुमति दिएको हो ।

नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गत वर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सिटीइभिटीमा निवेदन दिएका थिए । त्यसअनुसार यस वर्ष दुई कार्यक्रम सञ्चालन हुने गरी अनुमति दिइएको हो । प्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्निसिएन पढाउन अनुमति पाएको छ ।

सिटीइभिटीका निर्देशक यमप्रसाद भुर्तेलको हस्ताक्षर रहेको अनुमति पत्र पाएपछि नगर प्रमुख सुरेन्द्र विष्ट र अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले प्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेकामा खुसी व्यक्त गरे । ‘प्राविधिक शिक्षालयको पठनपाठन तयारी गर्ने प्रक्रियामा अघि बढ्छौँ’, नगरप्रमुख विष्टले भने, ‘यसमा नगरपालिका सक्रिय भएर लाग्छ ।’

अस्पतालका अध्यक्ष जोशीले ढिला गरी सिटीइभिटीले कक्षा सञ्चालनका लागि अनुमति दिएको बताए। ‘अनुमति त पहिला नै पाउन खोजेका थियौँ, विविध कारणले सम्भव भएन’, उनले भने, ‘अहिले पाएका छौँ, अब सञ्चालन प्रक्रियामा जान्छौँ ।’ नगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालनका लागि आठौँ नगर सभाबाट शिक्षालय स्थापना तथा सञ्चालन विधेयक २०७७ पारित गरिसकेको छ ।

नपाले प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियो डाइग्नोष्टिक, अप्थाल्मिक साइन्स र डिप्लोमा इन फार्मेसीका लागि अनुमति माग गरेको थियो ।

यीमध्ये डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्नोलोजीलाई अनुमति प्रदान गरिएको छ । बैजनाथ माध्यमिक विद्यालयको भवनमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सबै तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस