१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाशमानको आक्रोश : काठमाडौँबाट अहिलेसम्म कोही काँग्रेस सभापति भएको छ, हामी सधैँ झोला बोक्न मात्रै हो ?

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँबाट अहिलेसम्म कोही पनि पार्टीको सभापति हुन नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मङ्सिर ९ देखि १३ गतेसम्म आयोजना गरिएको पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका सिंहले काठमाडौँका काँग्रेस कार्यकर्ता सधैँ अरुको झोला बोक्ने मात्रै हुन् भन्दै नेता–कार्यकर्तालाई प्रश्नसमेत गरेका हुन् ।

आज (बुधबार) नेपाली काँग्रेस नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले भने, ‘अहिलेसम्म काठमाडौँबाट को पार्टी सभापति भएको छ ? के हामी सधैँ झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’

१३ औँ महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको जिकिर गर्दै सिंहले भने, ‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३ औँ महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो । म पहिले महामन्त्री जितेको हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यस बेला शशांक कोइरालाको प्रस्तावक बसेँ ।’

पदमा पुग्न होडबाजी गर्ने नेताहरुले पद पाइसकेपछि काम नगरेको भन्दै सभापति शेरबहादुर देउवाले पनि पद ओगटेको तर काम गर्न नसकेको आरोप लगाउँदै भने, ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन ।’

पार्टीमा गुटै गुट रहेको भन्दै सिंहले थपे, ‘ए काँग्रेस, बी काँग्रेस र सी काँग्रेसभन्दा पनि नेपाली काँग्रेस जनताले खोजेको हो ।’

१४ औँ महाधिवेशनपछि जनताले खोजेजस्तो नेपाली काँग्रेस आउने आशा देखाउँदै सिंहले त्यसका लागि नेता–कार्यकर्ताले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने बताए ।

नेता–कार्यकर्ताले अगाडि बढ्न आफूलाई भनेको जानकारी दिँदै उनले भने, ‘गणेशमानको छोरा भन्छौँ पार्टीलाई राम्रो गर्नुपर्‍यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन् । प्रजातन्त्र जोगाउनुपर्‍यो । पार्टी संस्थागत गर्नुपर्‍यो । जनतालाई सहयोग गर्नुपर्‍यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु छैन ।’

पार्टीमा यतिका वर्ष काठमाडौँ बाहिरका नेताहरू सभापति बनेकाले यस पटक काठमाडौँलाई नेतृत्व गर्न दिइनुपर्ने भन्दै सिंहले थपे, ‘यतिका वर्ष काठमाडौँ बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौँको हो ।’

प्रतिक्रिया दिनुहोस