२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसौँ एसियन भैँसी सम्मेलन आयोजना सोमबारदेखि

अ+ अ-

भरतपुर । भैँसी पालनका लागि विकास तथा सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यले दसौँ एसियन भैँसी सम्मेलन आयोजना गरिने भएको छ ।

यही कात्तिक ८ देखि १२ गतेसम्म नेपालमा भर्चुअल माध्यबाट हुन लागेको सम्मेलनको तयारी तीव्र रूपमा अगाडि बढेको हिजो (शनिबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यो सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो ।

यसअघि सन् २०१८ मा भारतमा भएको नवौँ एसियन भैँसी सम्मेलनमा नै नेपालमा दसौँ सम्मेलन गर्ने घोषणा भएको सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्द देवकोटाले जानकारी दिए ।

अध्यक्ष प्रा.डा .देवकोटाले भने, ‘पशुधनका रूपमा हेरिने भैँसी पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण एवं उपयोगिताका बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान तथा प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास तथा सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको हो ।’

कोरोनाको कहरका कारण भर्चुअल माध्यमद्वारा आयोजना गर्न लागिएको सो सम्मेलनमा विश्वभरिका भैँसी विज्ञहरूको सहभागिता रहनेछ । सम्मेलन आयोजक समितिका सदस्य सचिव डा. सुविर सिंहका अनुसार सो वैज्ञानिक सम्मेलनमा १७ देशका प्रख्यात विज्ञहरूले १३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सो कार्यपत्रमाथि ३५० जनाभन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक, विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाले सहभागितात्मक टिप्पणी राख्नेछन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एसियन भैँसी सङ्गठन र अन्तर्राष्ट्रिय भैँसी महासङ्घ आयोजक रहेका छन् ।

त्यस्तै सह आयोजकमा सातवटै प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल पशु चिकित्सा परिषद्, नेपाल भेटेरिनरी एसोसिएसन, नेपाल एनिमल साइन्स एसोसिएसन, नेपाल डेरी साइन्स एसोसिएसनलगायतका रहेका छन् ।