९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परीक्षा बोर्डलाई संवेदनशील बन्न शिक्षामन्त्री पौडेलको निर्देशन

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई चुस्तदुरुस्त हुन निर्देशन दिएका छन् । अनुगमन गर्न बोर्डको सानोठिमीस्थित कार्यालयमा आज पुगेका मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न कर्मचारीलाई आग्रह गरे।

‘परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ’, उनले भने, ‘यदी त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी सम्वेदनशील हुनुस् ।’ परीक्षा बोर्डमा भएका समस्याको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्रीले कर्मचारीलाई निर्देशन दिए ।’जनशक्ति, भौतिक पूर्वाधार निर्माण र कमजोर आइटी पूर्वाधारलगायत समस्या छन्’, मन्त्री पौडेलले भने, ‘यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा पनि ल्याउनुस्, छलफल गरेर समाधान गरौँ ।’

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको बताउँदै मन्त्रीले प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिए । उनले कर्मचारीबीच समन्वय गरी जनताले देखिने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गरे । किताब समयमै विद्यार्थीको हातमा पुर्‍याउन शिक्षामन्त्रीको निर्देशन यसैबीच मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पुर्‍याउन निर्देशन दिएका छन् । आज अनुगमनका लागि त्यहाँ पुगेका मन्त्री पौडेलले मौजुदा मेसिनबाटै काम गरी समयमै विद्यार्थीको हातमा किताब पुर्‍याउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले पुराना मेसिनको तथ्याङ्क सङ्कलन गरी मन्त्रालयमा ल्याउन निर्देशन दिए । ‘कहिलेका मेसिन हुन्, त्यसको तथ्याङ्क ल्याउनुस्’, उनले भने, ‘तथ्याङ्कपछि नयाँ मेसिन खरिदका लागि अर्थ मन्त्रालयलाई भनौँला ।’ मन्त्री पौडेलले एक कक्षादेखि १२ कक्षासम्मका पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने बताए । जनक शिक्षाले गुणस्तर छपाई, सबै पुस्तक ढुवानीमा सहजता र विद्यार्थीको हातमा एकै पटक पुस्तक पुर्‍यानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस