२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४० करोड अनियमितताको आशंकामा सुपर लघुवित्तमा राष्ट्र बैंकको अनुसन्धान

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थामा आर्थिक हिनामिना भएको भन्दै अनुसन्धान शुरु गरेको छ । संस्थाका अध्यक्ष किरण चौधरीको प्रत्यक्ष संलग्नतामा ४० करोड रुपैयाँभन्दा बढी हिनामिना भएको उजुरी परेपछि केन्द्रीय बैंकको सुपरीवेक्षण विभागले अनुसन्धान शुरु गरेको हो ।

स्रोतका अनुसार संस्थाको कुल ७२ करोड रुपैयाँ ऋण मध्ये आधा भन्दा धेरै फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी गरिएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

निकै ठूलो अनियमितता भएको प्रारम्भिक सूचना पछि केही दिन अघि राष्ट्र बैंकको टोली निरीक्षणका लागि यस संस्थामा पुगेको थियो । तर संस्थाका कर्मचारीहरुले कागजातहरु लुकाउनुका साथै सफ्टवेयर समेत हेर्न दिएका थिएनन् । संस्थाले अनुसन्धानमा असहयोग गरेपछि अनुसन्धान प्रतिवेदन तयार पार्न पनि ढिलाइ भएको राष्ट्र बैंकको स्रोतले जानकारी दियो ।

दाङको तुलसीपुर केन्द्रीय कार्यालय रहेको यो संस्था गैर सरकारी संस्था (एनजिओ)बाट लघुवित्त बनेको थियो । संस्थाका अध्यक्ष भन्दा पनि अध्यक्षका बुवा ज्योति चौधरीले संस्थामा प्रत्यक्ष हस्तक्षेप गर्ने गरेको समेत अनुसनधानको प्रारम्भिक निष्कर्ष छ ।