२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकता कायम राख्नसक्नु पनि महत्वपूर्ण उपलब्धि हो : सहमहामन्त्री महत

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले मुलुकमा कम्युनिष्ट पार्टी र अन्य पार्टी विभाजित भइरहेको समयमा कांग्रेसलाई एकतावद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको उद्घाटनमा आज उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाएको बताए ।

पार्टीको भातृ सङ्गठन र विभागको गठनमा विलम्ब नगरौँ, सहमति नजुटे बहुमतबाट जाऔँ भनेर सल्लाह आउँदा सभापति देउवाले भनेको जवाफ स्मरण गर्दै उनले भने, ‘सभापतिले कम्युनिष्टको गतिविधि मैले हेरिरहेको छु । चुनावमा बहुमत ल्याए । अहङ्कार बढ्यो । विभाजित भए । म कुनै हालतमा पार्टी एक ढिक्का राख्छु । सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भने । कुनै निर्णय आफूखुशी लाद्नु भएन ।’

सहमहामन्त्री डा महतले पार्टीको १४औं महाधिवेशन अत्यन्त उत्साहजनकरूपमा भइरहेको बताउँदै पार्टीको क्रियाशील सदस्यता सङ्ख्या पनि दोब्बर भएको पनि उल्लेख गरे । उनले यसपटक पार्टीको विधान पनि नेपालको संविधानसँग तादात्म्य हुने गरी बनाइएकाले पार्टीका तल्लो तहदेखि नै अझ बढी समावेशी भएको र महिला, जनजाती, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिर्दै आएको बताए ।

उनले महाधिवेशनका क्रममा नेता कार्यकर्तामा देखिएको उत्साह र आएको ऊर्जालाई ठूलो शक्तिको रुपमा ब्याख्या गर्दै यसलाई पार्टीका नेता र कार्यकर्तामात्र हैन, शुभेच्छुक, पर्यवेक्षक र आमनागरिकले अत्यन्त उत्सकुतापूर्वक सकारात्मक रुपमा हेरिरहेको बताए । उनले भने, ‘यो ऊर्जा र उत्साह कम्तिमा आउने आमनिर्वाचनसम्म रहनुपर्दछ ।’

उनले महाधिवेशनको क्रममा भएको आन्तरिक प्रतिस्पर्धालाई स्वभाविकरुपमा लिनुपर्ने बताए । सहमहामन्त्री डा महतले कांग्रेसले क्रान्ति गर्ने, आन्दोलन गर्ने, संविधान बनाउने, संविधान कार्यान्वयन गर्ने र संविधानको परिधिभित्र रहेर देशको भौतिक पूर्वाधार तथा आर्थिक–सामाजिक विकासमा ऐतिहासिक काम गरे पनि त्यसलाई प्रचार गर्न नसकेको धारणा व्यक्त गरे ।