१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

अ+ अ-

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ ।

यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने बाँकी रहेको छ । पछिल्ला दिनमा खोप लगाउने क्रम बढेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

सरकारद्वारा खोप उपलब्ध पर्याप्त मात्रामा गराएसँगै पहिलो र दोस्रो डोज खोप लगाउनेको सङ्ख्या बढेको हो । प्रदेशमा अहिले पनि सात लाख ८३ हजार ३१ जनाले खोप लगाउन बाँकी रहेको बताइएको छ ।

कोरोना सङ्क्रमणविरुद्ध कोभिशिल्ड, भेरोसेल, एस्ट्राजोनिक र जोन्सन एन्ड जोन्सन खोप लगाइएको छ ।

यसैबिच मकवानपुर जिल्लामा कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनस्वास्थ्य कार्यालयले मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ५९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको छ ।

तीमध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा ८८ प्रतिशत रहेका छन् ।

ग्रामीण तथा दुर्गम पहाडी क्षेत्रमा २४ देखि ३० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा ५९ प्रतिशतले एक पटक र ५१ प्रतिशतले पूर्ण खोप लगाएको कार्यालयले जनाएको छ ।

जिल्लामा १८ वर्षमाथिका तीन लाख चार हजार ६४७ जनसङ्ख्या रहेको र चालु आर्थिक वर्षमा सबैलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरे भने ।

प्रतिक्रिया दिनुहोस