१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल बैङ्क र राष्ट्रिय बिमा संस्थान बिच सेवाग्राही कर्जा सम्झौता

अ+ अ-

काठमाडौँ । नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय बिमा संस्थानबिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल बैङ्क लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा संस्थानमा कार्यरत कर्मचारीहरूलाई बिना धितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ।

नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैङ्क लिमिटेडका तर्फबाट काठमाडौँ बैङ्किङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेको बैङ्कले जनाएको छ।

उक्त कार्यक्रममा नेपाल बैङ्क लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा विभाग प्रमुख निर्मल कृष्ण पाण्डे, मार्केटिङ तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलका साथै राष्ट्रिय बिमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेसमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक व्यवस्थापक आशिष् राईलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैङ्क र राष्ट्रिय बिमा संस्थानबिच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बिमा संस्थानका सम्पूर्ण कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे।

त्यसै गरी उनले यी दुई संस्थाहरूबिच पारस्परिक सहयोगको अन्य धेरै सम्भावनाहरू रहेको समेत उल्लेख गरेका थिए। राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले नेपाल बैक लिमिटेडले प्रदान गर्दै आएको सेवा सुविधाहरूको प्रशंसा गर्दै राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूको लागि विना धितो सेवाग्राही कर्जा लिने सुविधा प्रदान गरेकोमा नेपाल बैक लिमिटेडलाई धन्यवाद समेत दिएका थिए।

उक्त कार्यक्रममा नेपाल बैङ्क लिमिटेड, काठमाडौँ बैङ्किङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका व्यवस्थापक भोला नाथ घिमिरेले पनि आफ्नो विचार व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस