१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैङ्गिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवै सक्रिय हुन आवश्यक : राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी छन् ।

आज (आइतबार) सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाडौँमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी हुन् ।

उनले लैङ्गिक हिंसा उन्मुलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गरेर अघि बढे मात्रै सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सक्ने बताइन् ।

राष्ट्रपति भण्डारीले समाजमा शिक्षा र चेतना बिस्तार हुँदै जाँदा, महिलाको सामाजिक र आर्थिक अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैङ्गिक हिंसा विभिन्न रुपले अस्तित्वमा रहनु चिन्ताको विषय भएको बताइन् ।

उनले छाउपडी, बोक्सी जस्ता कुप्रथाहरु पूर्णरुपमा निर्मूल गर्न अझै सङ्घर्ष गरिरहनु परेको अवस्थामा अर्कोतर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुर्व्यवहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रुपहरु प्रकट भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले वन व्यवस्थापनका माध्यमबाट जनताको जीविकोपार्जनमा सुधारका साथै वातावरण र जैविक विविधताको संरक्षण, सामुदायिक विकास तथा आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुग्ने बताइन् ।

उनले महिला हिंसा अन्त्यको लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमलाई स्थानीय समुदाय तहमा पुर्‍याउने र छलफलबाट प्राप्त सुझावहरुलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक रहेको समेत औँल्याइन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस