९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायपालिका शुद्धीकरण अभियानमा शान्ति समाज

अ+ अ-

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले न्यायपालिकामा शुद्धीकरण हुनुपर्ने माग राख्दै देशव्यापी अभियान सुरु गरेको छ ।

विश्व मानवअधिकार दिवसको अवसर पारेर सो शाखाले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन र धर्ना गरी अभियानको सुरुआत गरेको हो ।

त्यसै गरी, समाजका १५ जिल्ला शाखाले पनि आजै धर्ना कार्यक्रम गरी न्यायालय शुद्धीकरणका लागि दबाब दिएका छन् ।

त्यस क्रममा समाजका पूर्व सभापति एवं अधिवक्ता होमकान्त चौलागाईं, पूर्व सभापति उत्तम पुडासैनी, सभापति गोविन्द खनाल, महासचिव रामकृष्ण बराल, काठमाडौँ शाखाका कार्यवाहक सभापति भगवान् पुडासैनीलगायत मानवअधिकारकर्मीले न्यायपालिकाको शुद्धीकरण अभियानमा सहयोग गर्न राजनीतिक दललाई पनि आग्रह गरेका थिए ।

उनीहरुले अदालत शुद्ध नहुँदा सर्वसाधारणले न्याय पाउन नसकेको आरोप समेत लगाए । न्यायपालिका शुद्ध र पारदर्शी नभएसम्म मानवअधिकारको पालना हुन नसक्ने भएकाले यो अभियान सुरु गरिएको र यसलाई देशैभरि पुर्‍याइने समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस