२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निकुञ्जबाट वन्यजन्तु गाउँ पसेपछि नियन्त्रणको माग गर्दै स्थानीयवासीले बुझाए ज्ञापनपत्र

अ+ अ-

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

गैँडा, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीले नियन्त्रणको माग गर्दै वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायत क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायत वन्यजन्तुका कारण असुरक्षा बढेको भन्दै जनावर बस्ती प्रवेशमा रोक लगाउनका लागि माग गरिएको हो । मध्यविन्दु–३ ब्रम्हस्थानका सूर्यप्रसाद पौडेलले गैँडा र बँदेलका कारण गाउँमा लगाइएको अन्नबाली नष्ट हुने गरेको बताए।

‘निकुञ्जबाट आउने जङ्गली जनावरका कारण हामीले लगाएको अन्नबाली पुरै स्याहार्न पाउँदैनौँ’, पौडेलले भने, ‘दिउँसै बस्तीमा गैँडा पस्न थालेपछि हामीलाई कामधन्दा गर्न बाहिर निस्कन पनि समस्या हुन थालेको छ ।’ विगत एक महिनादेखि यस क्षेत्रमा नियमित जस्तो दिउँसै गैँडा आउन थालेका छन् ।

गाउँलेले जङ्गली जनावरलाई गाउँ छिर्न रोक्नका लागि मेसजाली लगाउने तथा फेन्सिङ वायर (विद्युतीय तारबार)को काम तुरुन्त गर्न मध्यविन्दु–३ वडा कार्यालयमार्फत मध्यवर्ती क्षेत्र, नगरपालिका र निकुञ्जको ध्यानाकर्षण गराएका छन् ।

जङ्गली जनावरका कारण गाउँमा त्रास फैलिँदासमेत निकुञ्ज र नजिकै भएको मध्यवर्ती समितिसमेत बेखबर बसेको भन्दै स्थानीयवासीले हस्ताक्षरसहित ध्यानाकर्षण गराएका हुन् । दिउँसै गाउँमा गैँडा पस्न थालेपछि यहाँका बासिन्दा काममा जानसमेत डराउन थालेका स्थानीयवासी बुद्धिराम बोटेले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको पहलमा यस क्षेत्रमा निकुञ्जबाट गैँडा, बँदेललगायत जनावर गाउँ पस्नबाट रोक्न विद्युतीय तार लगाइएको भए पनि तारको नियमित मर्मत सम्भार नहुँदा जनावर सजिलै गाउँ छिर्न थालेका स्थानीयवासी सुवास नेपालले जानकारी दिए ।

‘नारायणी नदीको किनारैकिनार विद्युतीय तार त लगाइएको छ’, नेपालले भने, ‘तर, तारको नियमित हेरविचार नपुर्‍याउँदा तार ठाउँ ठाउँमा चुँडिएका छन्, त्यस कारण पनि जङ्गली जनावर सजिलै गाउँ छिर्ने गरेका हुन् ।’

वडा कार्यालय, नगरपालिका तथा मध्यवर्ती क्षेत्र र निकुञ्जले गाउँको समस्या तत्काल समाधान नगरेमा वन्यजन्तु पीडित स्थानीयवासीले आफ्नो जिउधन रक्षाका लागि थप सशक्त आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने नेपालले बताए ।

जङ्गली जनावरलाई गाउँ पस्नबाट रोक्नका लागि प्रभावकारी ढङ्गले काम गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।

स्थानीयको समस्याका बारेमा आफूहरुलाई पहिले जानकारी नभएको उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले निकुञ्जका जनावर बस्ती पस्नबाट रोक्नका लागि काम गरिने बताए ।