२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आश्रित परिवारले पेन्सन पाउन थालेपछि सामाजिक सुरक्षाप्रति आकर्षण बढ्यो

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताएका छन् ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ–नेपाल आबद्ध परिषद्ले आज आयोजना गरेको सामाजिक सुरक्षाको वर्तमान अवस्था : आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उनले कोषमा आबद्ध भएकाहरुका आश्रित परिवारले पेन्सन पाउन थालेपछि यसप्रति आकर्षण र विश्वसनियता पनि बढेको बताए ।

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न यस्तै प्रकृतिका अन्य निकायसमेत हुँदा कतिपयलाई अन्योल रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कोषले प्रदान गर्ने सुविधा अन्यत्रबाट प्राप्त गर्न कठिन रहेको बताए ।

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त सुरक्षा योजना, आश्रित परिवारको सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ । मन्त्री श्रेष्ठले कोषको दायरा विस्तार हुँदै जाँदा सबै क्षेत्रका श्रमिक आबद्ध हुने विश्वास व्यक्त गरे । अहिले औपचारिक क्षेत्रका श्रमिकमात्र कोषमा आबद्ध हुँदै आएका छन् । सरकारले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई पनि कोषको दायरमा ल्याउने तयारी गरेको छ ।

आगामी दिनमा कोषबाट प्रदान गरिने सुविधा वृद्धि हुँदै जाने विश्वास दिलाउँदै उनले सामाजिक सुरक्षाका मूल्य मान्यता एवं सिद्धान्त, अन्तर्राष्ट्रिय अनुभव र अभ्यास एवं मुलुकको आर्थिक एवं सामाजिक परिवेशलाई दृष्टिगत गरी यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

विसं २०७५ मङ्सिर ११ मा सामाजिक सुरक्षा योजना शुभारम्भ भएको थियो । हालसम्म कोषमा १६ हजार रोजगारदाता र तीन लाख श्रमिक आबद्ध भएका छन् । कोषले १२६ योगदानकर्ताका आश्रित परिवारलाई पेन्सन दिन थालेको छ ।