काठमाडौँ । निर्वाचन आयोगले नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट प्राप्त विधान तथा नयाँ पदाधिकारीको विवरण अद्यावधिक गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले काँग्रेसको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन् । नेपाली काँग्रेसले गत असोज १९ देखि २३ गतेसम्म काठमाडौँको खुलामञ्चमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो ।
महाधिवेशनपछि पार्टीको विवरण अद्यावधिक गर्न आयोगले गरेको ढिलाइलाई लिएर विभिन्न प्रश्न उठ्दै आएका थिए । आयोगले बुधबार उक्त विवरण अद्यावधिक गरेको हो ।






