१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार निजी क्षेत्रका समस्या समाधान गर्न तयार छ : राज्यमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आफूले सरकारमा निजी क्षेत्रको प्रतिनिधित्वि गरेको र सरकार तथा निजी क्षेत्रबीच पुलका रूपमा काम गर्ने बताए ।

सरकार लगानीकर्तालाई आकर्षित र लगानीका थप क्षेत्र खुला गर्दै अगाडि बढेको उल्लेख गर्दै उनले आर्थिक रुपान्तरणका लागि सरकारको ध्यान केन्द्रित भएको बताए । आयात प्रतिस्थापन गर्दै निर्यात बढाएर मात्र मुलुक समृद्ध हुने भन्दै उनले निर्यातजन्य उद्योगमा लगानी बढाउन उद्योगी व्यवसायीलाई आग्रह गरे । फरक प्रसङ्गमा उनले ६० वर्षमाथिको नागरिकलाई सरकारले कोरोनाविरुद्ध खोपको ‘बुस्टर डोज’ दिने तयारी गरेको उनले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले निजी क्षेत्रले सरकारसँग प्रतिस्पर्धा गर्ने नभई सहकार्य गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई सहयोग गर्न मन्त्रालय सदैव तयार रहेको बताउँदै उनले कोरोना महामारीमा आपूर्ति व्यवस्थालाई सहज बनाउन निजी क्षेत्रले खेलेको भूमिकाको सरहाना गरे।

‘सरकार व्यावसायिक वातावरणलाई व्यवस्थित र क्रियाशील बनाउन तयार छ’, उनले भने । मन्त्रालयका अर्का सचिव अर्जुनप्रसाद पोखरेलले सरकार उद्योग व्यवसायीको संरक्षक रहेको भन्दै निर्धक्कसँग उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष चन्द्रप्रसाद ढकालले सरोकारवालासँग छलफल गरेर मात्र नीति नियम बनाउन सरकारलाई सुझाव दिए । उनले पेट्रोलियम आयातमा निजी क्षेत्रलाई पनि खुला गरिनुपर्ने बताए । “राज्यल निजी क्षेत्रलाई प्रतिस्पर्धामा आउन नदिने हो भने जनताले सहज ढङ्गबाट सेवा सुविधा पाउँदैनन्”, उनले भने ।

सङ्घका अध्यक्ष कुशप्रसाद मल्लीले मुलुकमा ५९ वटा ग्यास उद्योग रहेको जानकारी दिँदै कोरोना महामारीका समयमा पनि राज्यबाट कुनै सुविधा नलिई निरन्तर सेवा प्रवाह गरेको बताए । कार्यक्रममा उपभोक्ता अधिकारका लागि अनवरत सेवा गरेबापत उपभोक्ता अधिकार मञ्च काठमाडौँका अध्यक्ष माधव तिमिल्सिनालाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस