१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षामा छलफल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सुरक्षासहित मुलुकको समग्र शान्ति सुव्यवस्थाका विषयमा समीक्षा र विश्लेषण गरिएको छ । 

गृह मन्त्रालयमा आज भएको समिति बैठकमा आगामी राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गते १९ सदस्य पदका लागि हुँदै छ । उक्त निर्वाचनका लागि मुलुकका विभिन्न प्रदेशमा आठ मतदान स्थल र १४ मतदान केन्द्र  तोकिएको छ । 

राष्ट्रियसभा निर्वाचन र आउँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्ने सन्दर्भमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

सुरक्षाका बहु आयामिक पक्षको व्यवस्थापन गर्ने र निर्वाचनको तयारीस्वरूप सुरक्षा प्रबन्ध मिलाउन समितिको बैठक बसेको उनले बताए । 

बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला र गृह प्रवक्ता कोइरालालगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस