१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोलियो अभियानमा ३२ लाख सङ्कलन

अ+ अ-

चितवन । रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आइतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा ३२ लाख २३ हजार आर्थिक सङ्कलन गरेको छ ।

कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए । सो अवसरमा सहभागी रोटरियनहरुले पोलियोमुक्त अभियानका लागि स्वतस्फूर्त आर्थिक सहयोग गरेका हुन ।

विश्वबाट पोलियो उन्मूलनको लागि रोटरी क्लबले अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्दै आएको छ । रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

सो अवसरमा डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, पूर्वडिष्ट्रिक्ट गभर्नर रवीन्द्रकुमार पिया, सञ्जय गिरी, किरणलाल श्रेष्ठ, जोन २९ का असिस्टेन गभर्नर तथा पोलियोका सल्लाहाकार शरदगोपाल न्याछ्योलगायतले पोलियो नियन्त्रण अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जोन ३० का असिस्टेन गभर्नर नारायण प्रधान, ३१ का असिस्टेन गभर्नर ज्ञानकृष्ण प्रजापती, डिस्ट्रिक्ट पोलियो चेयर सीता रुपाखेती, जोन २ का असिस्टेन गभर्नर भरतकुमार श्रेष्ठलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक पोख्रेलले २० हजार डलर आर्थिक सहयोग सङ्कलन गर्ने लक्ष्य राखिएको भए पनि २६ हजार ४२६ अमेरिकी डलरअर्थात् ३२ लाखभन्दा बढी सङ्कलन भएको बताए ।

रोटरी क्लब अफ रत्ननगरका पूर्वअध्यक्षसमेत रहेका पोख्रेलले अहिले पनि पाकिस्तान र अफगानिस्तानमा पोलियो देखिएकाले विश्वबाटै उन्मूलनका लागि सबै रोटरियन यो अभियानमा जुटेको बताए ।

सन् १९८२ बाट रोटरियनले पोलियो उन्मूलनका लागि काम गरिरहेका रिजन ६ का ट्रेनिङ कमिटी चेयर निरञ्जन प्रधानले बताए ।

प्रतिक्रिया दिनुहोस